कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम घटनाको विरोधमा बाँकेमा विरोध प्रदर्शन

मधु शाही

बाँके — 'बोल पीएम अब त बोल, बोल्दैमा अछुत नहोला, देखेनौं कि रुकुमको उदण्ड, बोल्दैनौं त के भयो प्रचण्ड ।' आइतबार बिहान यिनै नारासहित बाँकेको कोहलपुर चौराहमा रुकुम पश्चिम चौरजहारीको हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै बृहत् र्‍याली प्रदर्शन गरिएको छ ।

रुकुम घटनाको विरोधमा बाँकेमा विरोध प्रदर्शन

कोरोना भाइरसको नियन्त्रणका लागि जिल्ला प्रशासन बाँकेले अनिश्चितकालीन निषेधाज्ञा घोषणा गरे पनि यहाँका मानव अधिकारकर्मी र दलित समुदायका संघसंगठन मिलेर संयुक्त रुपमा विरोध र्‍याली निकालेका हुन् । संयुक्त दलित संघर्ष समिति बाँकेले गरेको र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै नारा लगाएका थिए । उनीहरुले छुवाछुतलाई लिएर यत्रो घटना हुँदा पनि प्रधानमन्त्री मौन बसिरहेको भन्दै आलोचना गरेका थिए ।

र्‍यालीलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री दलबहादुर सुनारले रुकुमको हत्याकाण्ड जातीय नरसंहार भएको बताउँदै यसले सिंगो दलित समुदायको अस्थित्व दबाउन खोजिएको बताए । रुकुम हत्याकाण्डको विरुद्धमा देशभर दलित समुदायका संघसंगठनले दोषीमाथि कारबाहीको माग गर्दै विरोध जनाएका छन् ।

जेठ १० गते रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी ६जना युवाले ज्यान गुमाएका छन् ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज पनि मारिएका छन् । यो घटनालाई संयुक्त राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय विभेद र मानवताविरोधी अपराधका रुपमा चित्रण गरेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?