लमजुङमा करेन्ट लागेर महिलाको मृत्यु

आस गुरुङ

लमजुङ — घाँस झार्ने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर लमजुङमा एक महिलाको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका ५, कोल्कीको तस्यो गाउँकी ५४ वर्षीया आशमाया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ओमप्रकाश पुनले शनिबार अपराह्न ४ बजेतिर घटना भएको र साँझपख उनकै नेतृत्वमा ४ जना घटनास्थलतर्फ जाँदै गरेको बताए । उनका अनुसार गौंडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

गाउँले सबै काम गर्न गएको बेला ती महिला घर नजिकैको दुधालु घाँस काट्न रुखमा चढेकी थिइन् । स्थानीय धनबहादुर गुरुङका अनुसार घाँस काट्न रुखमा चढेकी ती महिलालाई रुखसँगै रहेको तारमा अड्किएको घाँस झार्ने क्रममा करेन्ट लागेको हो । प्रहरीका अनुसार शव उठाउने क्रममा छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?