१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्यूठानको क्‍वारेन्टाइनमा मृत्यु भएकी महिलामा कोरोना देखिएन

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानको ऐरावती गाउँपालिका–६ स्थित जनता मावि बिजुलीको क्‍वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले ती महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

मृतक २६ वर्षीय पार्वती थापा ब्रेन ट्युमरको समस्याबाट पीडित थिइन् । मृत्युपछि उनको स्वाब परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनी भारतको लुधियानाबाट जेठ ८ गते प्यूठान आएकी थिइन् । श्रीमान्, आमा, भाइ, छोरा/छोसीसँगै क्‍वारेन्टाइनमा बसेको अवस्थामा उनको जेठ १३ गते मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?