कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुलसीपुरमा युवकको हत्या

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ मैनामगरका २८ वर्षीय मन्दिप भुजेलको शुक्रबार राति हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालले बताए ।

अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभूत विद्यालयको भवन पछाडि भुजेल शनिबार बिहान मृत अवस्थामा फेला परेको उनले जानकारी दिए। उनको टाउकोमा घाउचोट रहेको डम्बरपालले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धानका क्रममा स्थानीय ३ जना युवालाई नियन्त्रणमा लिएको उनले बताए। भुजेलले अटोभिलेजमा काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?