१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पाल्पामा सामूहिक बलात्कार आरोपमा पक्राउ परेका ६ मध्ये ३ छुटे

माधव अर्याल

पाल्पा — सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका तीन जना छुटेका छन् । तीन जनालाई भने थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

पाल्पामा सामूहिक बलात्कार आरोपमा पक्राउ परेका ६ मध्ये ३ छुटे

जिल्लाको तिनाउ गाउँपालिका–२ दोभान र ३ को झुम्सा सिमाना सार्वजनिक स्थानमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यसरी पक्राउ पर्नेहरु २८ वर्षीय एकबहादुर दिशामगर, ४३ वर्षीय बसन्त सैंजु र २४ वर्षीय दिलबहादुर कुमाललाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । उनीहरुलाई जिल्ला प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनाका विषयमा थप अनुसन्धान कार्य भइरहेको छ । जेठ १० गते राति घटना भए पनि प्रहरीले शुक्रबारमात्र यस विषयमा जानकारी दिएको छ ।

स्थानीय बासिन्दाका अनुसार एक जनाले ललाइफकाई गरेको र पछि ६ जनाको संलग्नतामा सामूहिक बलात्कार गरेका हुन् । तीन जनाको मात्र किटानी जाहेरी परेपछि बाँकी तीन जना हिरासतमुक्त भएका हुन् । घटनामा भने ६ जनाको संलग्नता रहेको स्थानीयको दाबी छ । किशोरी प्रहरीको निगरानीमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?