प्यूठानमा चट्याङ लागेर बालकको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — गौमुखी गाउँपालिका–६ स्थित लिबाङ धाराटोलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । बुधबार बेलुका चट्याङ लागेर स्थानीय ११ वर्षीय दिपक सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्यूठानमा चट्याङ लागेर बालकको मृत्यु

घाइते भएका बालकको उपचारका लागि स्वास्थ्य चौकी लिबाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङकै कारण २५ वर्षीय सुरेश विक घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले जिल्ला अस्पताल बिजुवार ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए । उनको स्वास्थ्य अवस्था सुधारहुँदै रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?