कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा थपिए १५ जना संक्रमित

दुर्गालाल केसी

दाङ — दाङमा बुधबार मात्रै १५ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको स्वाव परिक्षणमा लमही नगरपालिकाका–८ र घोराही उपमहानगरपालिकाका ७ जना संक्रमित भेटिएका हुन् । जसमध्ये १४ पुरुष र एक महिला छन् ।

दाङमा थपिए १५ जना संक्रमित

दाङमा संक्रमित हुनेको संख्या २१ पुगेको छ । यसअघि गढवाका–३ र घोराहीका–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी काठमाडौंमा बस्ने २ र गुल्मीमा बस्ने दाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये तुलसीपुर–४ का पुरुष काठमाडौको अस्पतालबाट बुधबार घर फर्किसकेका छन् ।

बुधबार १ सय ३६ जनाको परिक्षण भएकोमा दाङमा १५ र पूर्वी रुकुममा ३ गरी १८ जनाको पोजिटिभ रिपोर्ट आएको प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले बताइन् । पूर्वी रुकुममा दुई पुरुष र एक महिला छन् ।

दाङको घोराही उपमहानगरपालिका १८ का २४, २५, ४० र ४२ बर्षका पुरुष तथा घोराही १० का ३४, ४० र ४० बर्षका पुरुषहरु रहेको उनले जानकारी दिइन् । यसैगरी लमही १ का २६, लमही २ का १७, ३०, लमही ४ का २६, लमही ५ का २०, २३ र लमही ६ का १८ बर्षीय पुरुष छन् । यस्तै लमही ५ की २० बर्षीया महिला छन् ।

यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १४ का १८ र २३ बर्षीय पुरुष तथा १५ बर्षीया महिला संक्रमित भएका छन् । संक्रमितहरु भारत, मलेसिया र बाराबाट आएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताए ।

उनीहरुको क्वारेन्टाइनबाट नमूना संकलन गरिएको थियो । हालसम्म प्रतिष्ठानमा २ हजार १ सय ९१ जनाको नमूना संकलन भएकोमा १ हजार ९ सयको परिक्षण भएको र त्यसमध्ये ७८ जनाको रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिए ।

परिक्षणमा १ हजार ८ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको र २ सय ९१ जनाको परिक्षणको प्रक्रियामै रहको उनले बताए । दाङमा प्रदेश ५ का विभिन्न जिल्लाहरुको स्वाब संकलन भैरहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?