१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जिल्ला समन्वय समितिको भवनमा आइसोलेसन सञ्‍चालन

कमल पन्थी

बर्दिया — जिल्लाका आठ वटै स्थानीय तहले अग्रसरता देखाएपछि जिल्ला समन्वय समितिको सभाकक्षको भवनमा कोरोना संक्रमितका लागि आइसोलेसन कक्ष बनाइएको छ ।

जिल्ला समन्वय समितिको भवनमा आइसोलेसन सञ्‍चालन

हाललाई २६ शय्याको कोरोना संक्रमितका लागि उपचार केन्द्र बनाइएको जिससका प्रमुख शंकरप्रसाद थारुले बताए ।

जिल्लामा कोरोना संक्रमितका लागि उपचार केन्द्र नहुँदा बाँके लगायत जिल्लामा जानु पर्ने बाध्यता रहेको छ । जिससको भवनमा कोरोना संक्रमित उपचारका लागि सबै तयारी पुरा भइसकेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताए । ६ नगरपालिका र दुई गाउँपालिकाले आइसोलेशन निर्माणका लागि ५/५ ला रुपैयाँ सहयोग गरेको प्रजिअ लामिछानेले बताए ।

आइसोलेशन वार्डमा जेनेटरसहित एसी जडान गरिएको छ । संक्रमितको उपचारका लागि दुई जना डाक्टर र सुरक्षाकर्मी तैनाथ हुनेछन् । अब कोरोना संक्रमित भए यहीँबाट उपचार हुने प्रजिअ लामिछानेले बताए ।

यस बाहेक जिल्लाका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र राजापुर, मगरागाडी र सोरहवामा पनि कोरोना संक्रमितका लागि उपचार केन्द्र बनाउन लागिएको छ । बारबर्दिया र बासगढी नपाले आइसोलेशन वार्ड निर्माण गरिएको छ ।

बारबर्दियामा १० र बासगढीमा १५ वार्ड रहेका छन् । राजापुर नगरपालिका-५ की एक बालिका कोरोना संक्रमित हुँदा उपचार गर्ने बाँकेका खजुरा अस्पतालमा महिला बस्‍ने कक्ष नभएपछि दाङ लैजाने तयारी गर्दा त्यहाँ विरोध भएको थियो ।

यही कारण आफ्नै जिल्लामा कोरोना संक्रमितका लागि आइसोलेशन बनाउन सबै पालिकाले हाललाई ५/५ लाख रकम सहयोग गरेको मधुवन नगरपालिकाका प्रमुख गणेश केसीले बताए । थप आवश्यकता भए सोही अनुसार सहयोग उपलब्ध गराउने उनले जनाए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?