२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

गुल्मीका पालिका प्रमुखहरु होम क्वारेन्टाइनमा

घनश्याम गौतम

रूपन्देही — गाउँपालिका अध्यक्षमा नै कोभिड–१९ संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख/अध्यक्ष र तिनका चालक होम क्‍वारेन्टाइनमा बसेका छन् । जिल्लास्थित राजनीतिक दलका प्रमुख पनि होम क्वारेन्टाइनमै छन् ।

प्रदेश प्रयोगशाला भैरहवामा सोमबार भएको परीक्षणमा धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना पोजिटिभ देखिएको थियो । उनको तम्घासस्थित आइसोलेसनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य नै छ । उनी सञ्‍चार माध्यममा सार्वजनिक भएर आफू छिट्टै कोरोना जितेर सामाजिक काममा पुनः सक्रिय हुने बताएका छन् ।

‘म सामान्य नै छ, कुनै अप्ठ्यारो र लक्षण महसुस भएको छैन्,’ उनले भने, ‘फुर्सदको समयलाई आगामी वर्षका योजना तयार गर्न केन्द्रित गर्दैछु ।’ उनले विभिन्‍न सञ्‍चारमाध्यम मार्फत् गाउँपालिका भित्रका कोही पनि हतोत्साहित नबन्‍न आग्रह गर्दै लकडाउनलाई पूर्ण पालना गर्न पनि आग्रह गरेका छन् ।

उनीसहित गुल्मीका १२ वटै स्थानीय तहका प्रमुखहरु आइतबार समन्वय समितिले आहृवान गरेको बैठकमा सहभागी भएका थिए । समन्वय समितिले भारतबाट गाउँ फर्किएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

बैठकमा दुई गाउँपालिकाबाट उपप्रमुख र १० स्थानीय तहबाट प्रमुख नै सहभागी थिए । छत्रकोट र मदाने गाउँपालिकाबाट उपप्रमुख सहभागी थिए । त्यस्तै जिल्ला स्थित राजनीतिक दलका प्रमुख पनि बैठकमा सहभागी थिए ।

समन्वय समिति प्रमुख लक्षमण पराजुलीले होम क्वारेन्टाइनमै बस्न सबै जनप्रतिनिधिलाई आग्रह गरिएको बताए । ‘सँगै चालकपनि आफ्नै होम क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने, ‘केहीको पीसीआरका लागि स्वाब संकलन गरेका छौं, रिर्पोट नआउँदासम्म सुरक्षित रुपमै घरमै बस्ने भन्ने छ ।’ स्थानीय प्रशासनले सोमबार नै ४४ जनाको स्वाब संकलन गरेको छ ।

नको कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाको पनि स्वाब संकलनको तयारी भइरहेको उनले बताए । त्यस्तै संक्रमित देखिएका धुर्कोट गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?