२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्लामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका–६ की २६ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नो परिवारसँगै भारतको लुधियानाबाट जेष्ठ ८ गते प्यूठान आएकी थिइन् ।

श्रीमान, आमा, भाइ, छोराहरुरसँगै चिरायु मावि, बिजुलीको क्वारेन्टाइनमा बसेकी उनी भारतमै रहँदादेखि ब्रेन ट्युमरको बिरामी रहेको परिवारले जनाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

क्वारेन्टइनमा बसेको अवस्थामा मृत्यु भएकाले सदगद कसरी गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए ।


प्रकाशित : जेष्ठ १३, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?