कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रोल्पामा आगलागीबाट दुई घर जले, एक वृद्ध घाइते

काशीराम डाँगी

रोल्पा — रोल्पा नगरपालिका–१ रुन्टीबाङमा आइतबार दिउँसो आगलागी हुँदा दुई घर जलेका छन् । प्रहरीका अनुसार घर नजिकैको जंगलबाट सल्किएको आगोले रुन्टीबाङ गाउँका दुई घर जलेका हुन् । आगोमा परी ६२ वर्षीय वृद्ध जीतबहादुर बुढामगर सख्त  घाइते भएका छन् ।  १० बाख्रा, दुई गोरु र एउटा गाई मारेका छन् ।

घाइते भएका वृद्धलाई उपचारका लागि लिबाङको रेउघास्थित रोल्पा अस्पतालमा पुर्‍याइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए । वृद्धको शरीरका विभिन्न भाग पोलेको छ । आगो स्थानीयका साथ सेना, प्रहरी र सशस्त्र प्रहरी बलले निभाएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?