२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बाँकेमा प्रहरीलाई पनि कोरोना संक्रमण

रुपा गहतराज

काठमाडौँ — बाँकेमा एक प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाटा चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना देखिएको बाके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । उनले प्रहरी जवानलाई कोरोना देखिने बित्तिकै चौकी सिल गरेको सुनाए । बाँकेमा प्रहरीलाई पहिलोपल्ट कोरोना देखिएको हो । 

बाँकेमा प्रहरीलाई पनि कोरोना संक्रमण

शनिबार नरैनापुरमा २७ जना कोरोना संक्रमित पुष्टि हुँदा प्रहरी जवान पनि परेका हुन् । संक्रमित प्रहरी जवानलाई नेपालगन्ज ल्याउने तयारी छ ।

‘कोरोना देखिएकालाई नेपालगन्ज ल्याउँदै छौं', प्रवक्ता सिंहले भने, 'चौकी सिल गरेर अरुलाई क्‍वारेन्टाइनमा राखेर भोलि नै पीसीआर जाँच गर्छौं ।’

दुई दिनअघि मात्रै जिल्लाका ६० जना प्रहरीको स्वाब लिइएको थियो । त्यसको नतिजा आइसकेको छैन ।


प्रकाशित : जेष्ठ १०, २०७७ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?