क्‍वारेन्टाइनमै कुटपिट, एकजना घाइते

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको कोटहीमाई ४ मझगांवास्थित मझगांवा माविको क्‍वारेन्टाइनभित्र झगडा हुँदा एक जना घाइते भएका छन् ।

क्‍वारेन्टाइनमा एकै कोठामा बसेका ५ मध्ये ४ व्यक्तिले एकजनालाई कुट्दा उनी घाइते भएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए । 'पुस्तैनी विषयमा विवाद गरी झगडा गरेका रहेछन्', उनले भने, 'घाइतेलाई भैरहवा लगी सामान्य उपचारपश्चात अर्को क्‍वारेन्टाइनमा सारियो ।'

अन्य ४ जनालाई ईलाका प्रहरी कार्यालय मझगांवामा क्‍वारेन्टाइन अवधि सकिएर निस्किएपछि सार्वजनिक मुद्दा लगाउने वा सुध्रिएमा एकपटकलाई माफी दिने गरी मुचुल्का बनाई पुन: क्‍वारेन्टाइनमै ल्याइएको घिमिरेले बताए ।

भारतबाट आएका उनीहरु क्‍वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेको छ । तर पीसीआर परीक्षण नहुँदा घर पठाउन नपाइएको उनले जनाए ।


प्रकाशित : जेष्ठ १०, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?