कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

कोरोनाबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा रहेका एक जनामा संक्रमण

रूपन्देही — कोभिड–१९ संक्रमणबाट उपचारकै क्रममा बिहीबार मृत्यु भएका गुल्मीका शिक्षकको सम्पर्कमा रहेका अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा रहेका एक जनामा संक्रमण

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका–६ का शिक्षकमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको नजिकको सम्पर्कमा रहेका अर्का एक पुरुषमा संक्रमण देखिएको हो । शिक्षकको सम्पर्कमा देखिएका उनको जेठ ५ गते नै थ्रोट स्वाब संकलन गरिएको थियो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा भएको परीक्षणमा उनमा पनि संक्रमण देखिएको प्रदेश प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

शिक्षकको सम्पर्कमा रहेका ६९ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । अन्यको रिपोर्ट नेगेटिभ आएको छ । मदाने गाउँपालिका अन्र्तगतको कार्यालयमा कार्यरत उनी कर्मचारी हुन् । उनी दाङ जिल्लाका रहे पनि लकडाउनको अवधिमा मदाने बाहिर गएको नदेखिएको मदाने गाउँपालिकाले जनाएको छ ।

थप कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?