घोराहीको सडकमा अलपत्र वृद्धको उद्धार

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १५ भृकुटीनगर टोलमा शुक्रबार बिहानदेखि अलपत्र अवस्थामा रहेका एक वृद्धको शनिबार अपरान्ह उद्धार गरिएको छ ।

घोराहीको सडकमा अलपत्र वृद्धको उद्धार

घोराही उपमहानगरपालिकाका विपद् व्यवस्थापन समिति संयोजक तथा घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अगुवाइमा घोराही उपमहानगरका स्वास्थ्य अधिकृत विकेश रेग्मी र उज्यालो विहानी फाण्डेशनका स्वयंसेवकले उनको उद्धार गरेका हुन् ।

कोरोना संक्रमणको डरले उनलाई कसैले छुन मानेका थिएनन् । उज्यालो विहानी फाण्डेशनका स्वयंसेवकले पीपीई लगाएर उनलाई उठाई एम्बुलेन्समा राखेका थिए । अहिले उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखेर उपचारको तयारी भइरहेको फाण्डेशनका अध्यक्ष गिररोदन महराले बताएका छन् ।

परीक्षणपछि निलसागर मानव सेवा आश्रम पिपरी देउखुरीमा लैजाने तयारी भएको छ । उनका आफन्त खोज्ने काम पनि भइरहेको महराले जानकारी दिए ।

उद्धारका लागि लामो समयदेखि प्रयास गरे पनि सुनुवाई नहुँदा लामो समयपछि मात्रै उद्धार भएको भृकुटीनगर टोलका युवा विवेक न्यौपानेले बताए । यसबारे कान्तिपुर अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस् :

आफ्‍नाले छाडेपछि सडकमा

प्रकाशित : जेष्ठ १०, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?