कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आइसोलेसन वार्ड नहुँदा नवलपरासीका संक्रमित क्वारेन्टाइनमै 

नवीन पौडेल

परासी — पश्चिम नवलरासीमा आइसोलेसन वार्ड नहुँदा कोरोना संक्रमण पुष्टि भएका संक्रमितलाई क्वारेन्टाइनमा नै राखिएको छ । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार र रेखदेख गर्नुपर्ने भए पनि सामान्य क्वारेन्टाइनमा राखिएको छ । 

आइसोलेसन वार्ड नहुँदा नवलपरासीका संक्रमित क्वारेन्टाइनमै 

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये दुई जना क्वारेन्टाइनमै छन् । सुस्ता गाउँपालिका ५ का संक्रमित ३५ वर्षीय पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा राखिएको छ भने रामग्राम नगरपालिका दुई जनालाई स्थानीय तहको क्वारेन्टाइनमा नै राखिएको छ । आइसोलेनसमा राख्नका लागि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड खाली नभएको कारण क्वारेन्टाइनमै राखिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलरासीका प्रमुख गौरव ढकालले बताए । ‘हाम्रो जिल्लामा आइसोलेसन वार्ड छैन । बाहिरी जिल्लामा पनि बेड खाली नभएपछि क्वारेन्टाइनमा नै राखिएको हो,’ ढकालले भने, ‘भीम अस्पताल भैरहवामा बेड खाली हुने बत्तिकै आइसोलेसनमा राखिनेछ ।’

प्रदेश सरकारले प्रदेशअन्तर्गतका तराईका हरेक जिल्लामा २ सय बेड क्षमता हितको आइसोलेसन सेन्टर निर्माण गर्ने र संक्रमितलाई सम्बन्धीत जिल्लामै राख्ने बताए पनि जिल्लामा आइसोलेसन सेन्टर निर्माण भएको छैन् । पाल्ही बहुमुखी क्याम्पसमा आइसोलेसन सेन्टर निर्माण भइरहेकाले उनीहरुलाई छुट्टै कोठामा क्वारेन्टाइनमै राखिएको रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ताले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?