१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पूर्वराज्यमन्त्री थारुको निधन

सन्जु पौडेल

तिलोत्तमा — पूर्वराज्यमन्त्री तथा कांग्रेसका नेता दुर्योधनसिंह थारुको निधन भएको छ । थारुको शुक्रबार बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ ७ गते अस्पताल भर्ना गरिएको थियो ।

पूर्वराज्यमन्त्री थारुको निधन

उनी विगत २० वर्षदेखि मधुमेहबाट पीडित थिए । अस्पतालका अनुसार नेता थारुलाई गत वर्षदेखि मुटुमा समस्या देखिएको थियो ।

२०२८ मा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थारु ०४८, ०५१ र ०५६ को आमनिर्वाचन गरी तीन पटक रुपन्देही क्षेत्र नं १ बाट सांसद र ०५२, ५३ र ५७ गरी तीनपटक मन्त्री भएका थिए ।

नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा होमिएका थारुले भारतमा निर्वासित जीवन र स्वदेशमा जेल जीवन बिताएका थिए । उनी रुपन्देहीमा सरल, बौद्धिक, इमान्दार र विकासको शुत्रधारको रुपमा चिनिन्थे । उनी नेपाल शिक्षक संघ रुपन्देहीका पूर्वअध्यक्ष थिए भने हाल उनी कांग्रेसका महासमिति थिए ।

उनको पार्थिव शरीरलाई घरमा राखिएको छ । शनिबार बिहान अन्तिम श्रद्धाञ्जली दिँदै ओमसतीया गाउँपालिकास्थित सिलौटीया घाटमा अन्त्येष्टि गरिने कांग्रेस रुपन्देहीका सदस्य हरि न्यौपानेले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?