कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दाङमा थप एक जनामा कोरोना संक्रमण

दुर्गालाल केसी

दाङ — दाङमा बिहीबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङमा थप एक जनामा कोरोना संक्रमण

घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्‍वारेन्टाइनमा रहेका घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन् । ती व्यक्तिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षण गरिएको थियो । उनी दिल्लीबाट कृष्णनगर हुँदै जेठ ३ गते घोराही आएका थिए ।

घोराही आएपछि उनलाई सिधै क्‍वारेन्टाइनमा राखिएको थियो । योसहित दाङमा तीनजनामा कोरोना संक्रमण देखिएको छ भने दुईजना जिल्ला बाहिर रहेका दाङका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।


प्रकाशित : जेष्ठ ८, २०७७ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?