१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदेश ५ को नीति तथा कार्यक्रम जेठ १० मा प्रस्तुत हुने

अमृता अनमोल

बुटवल — प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत हुने भएको छ । 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १० मा प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रीपरिषद्‍ले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने निर्णय भएको छ । ती आइसोलेसन केन्द्रमा पीसीआरबाट पोजिटिभ देखिएका र कोभिड १९ को लक्षण देखिएका बिरामीलाई राखिने छ । आइसोलेसन केन्द्र बनाउन प्रदेशको कोभिड कोषबाट रकम दिइने छ ।

यस्तै बैठकले जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय गरेको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनले पाउनुपर्ने बीमाबापतको १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीका सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?