२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

क्याम्पसलाई क्वारेन्टाइन बनाउन खोजेपछि कोहलपुरमा स्थानीयको विरोध

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीय विरोधमा उत्रिएका छन् । बागेश्वरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउन खोजेपछि त्यस क्षेत्रका स्थानीय सडक बन्द गरेर विरोधमा उत्रिएका हुन् । उनीहरुले भारतबाट आउने व्यक्तिहरुबाट कोरोना सर्न सक्ने भन्दै विरोध जनाएका हुन् ।

क्याम्पसलाई क्वारेन्टाइन बनाउन खोजेपछि कोहलपुरमा स्थानीयको विरोध

यसअघि कोरोनाका सक्रमितहरुलाई राख्न थालेको भन्दै कोहलपुरको पीपरीका स्थानीय विरोधमा उत्रिएका थिए । पीपरीस्थित कृषि विकास बैंकको तालिम कक्षमा २५ जनालाई क्वारेन्टाइन बनाएर राखिएको थियो । उनीहरुको पीसीआर जाँच नेगेटिभ आएपछि घर पठाइएको छ । उनीहरु घर फर्किएपछि त्यहाँ ४१ जना कोरोना संक्रमितलाई राखिएको छ ।

कोहलपुर प्रहरीका प्रमुख डीएसपी कुलचन्द्र चन्दले स्थानीयका विरोधलाई पन्छाउँदै कोरोना संक्रमितलाई राखिएको बताए । बुधबार भारतबाट फर्किएका ६० जनालाई राख्नका लागि नगरपालिकाले तीन स्थानमा क्वारेन्टाइन बनाउने निर्णयपछि स्थानीयले सडक बन्द गरेर विरोधमा उत्रिएपछि समस्या भएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?