३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लखनऊमा उपचार गरी बर्दिया फर्कन लागेकालाई भारतीय प्रहरीले कुटे

कमल पन्थी

बर्दिया — भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट बर्दिया फर्कन लागेका माथि भारतीय प्रहरीले सोमबार निर्घात कुटपिट गरेका छन् । दुई महिनाअघि ठाकुरबाबा नगरपालिका–३ नेउलापुरकी गीता चौधरीको पाठेघरको शल्यक्रिया गर्न लखनउस्थित जीवन ज्योति अस्पताल गएकी थिइन् ।

उपचारपछि लकडाउन भएका कारण फर्कन नसकेर लखनउ बस्दै आएकी उनीसँगै श्रीमान् जंग बहादुर र भाइ दु:खीराम पनि गएका थिए । नेपालगन्जको सिमा नाका रुपैडिहा हुँदै एम्बुलेन्सबाट आउन लाग्दा बाबागन्ज नजिक भारतीय प्रहरीले रोक्न लगाएको थियो । प्रहरीले जान नदिएपछि अर्कोबाटोबाट जान खोज्दा एम्बुलेन्सबाट झारेर कुटपीट गरेको उनले बताए । ‘हामी लामो समयदेखि बेर्खर्ची भएपछि घर फर्कन लागेकोले जान दिन आग्रह गरेका थियौं ।,’ जंग बहादुरले भने । लट्ठी प्रहारबाट उनीहरुलाई गम्भीर चोट लागेको छ ।

कुटपिटपछि उनीहरु अटोरिक्सा रिर्जभ गरेर नानापारा जाने क्रममा त्यहाँका प्रहरीले नियन्त्रणमा लिइ गुरबुट्टास्थित कलेजको क्वारेन्टाइनमा राखिदिएको पीडितले बताए । ठाकुरबाबा—३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले घटनाको जानकारी पाउनासाथ बाबागन्जका प्रहरीलाई उनीहरुलाई नेपाल जान दिन आग्रह गरेको बताए । भारतीय प्रहरीले नेपालगन्ज सिमा नाका जमुनाहा नाकाका इन्चार्जले नेपालीलाई आउन आदेश दिए जान दिने वडा अध्यक्ष थारुले बताए । सिमावर्ती नेपाल प्रहरीसँग सम्पर्क नभएको उनले जनाए ।

यस बारेमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बाँकेमा कोरोनाको महामारी बढ्दै गएपछि केही दिनका लागि भारतीय क्वारेन्टाइनमा नेपाली राखिदिन आग्रह गरेको जानकारी आएको बताए । बाँकेमा हजारौंलाई क्वारेन्टाइनमा राख्ने अवस्था छैन,’ उनले भने, ‘भारतको क्वारेन्टाइनमा रहेकालाई ल्याउन तयारी भइरहेको छ ।’

गुरबुट्टा क्वारेन्टाइनमा १ हजार २ सय बढी नेपाली रहेको जंग बहादुरले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?