१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गुल्मीका संक्रमित शिक्षक, अर्घाखाँची हुँदै बुटवल आएका थिए

आइसियुका बिरामीमा कोरोना देखिएपछि तिलोत्तमाको क्रमिसन अस्पताल सिल

रुपन्देही — आइसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल सिल गरिएको छ । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकमा संक्रमण पुष्टि भएको हो । उनी दमको रोगी भएको र अवस्था गम्भीर रहेको बताइएको छ ।

गुल्मीका संक्रमित शिक्षक, अर्घाखाँची हुँदै बुटवल आएका थिए

उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि उनी जेठ १ गते अस्पताल भर्ना भएका अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले बताए । अहिले उनलाई उपचारका लागि भैरहवाको भीम अस्पताल लगिएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले तीन दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि गुल्मी, अर्घाखाँची हुँदै बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । त्यहाँबाट अर्घाखाँचीस्थित छायाँ मेडिकल हलमा परीक्षण गरेका थिए । मेडिकलमा परीक्षण गराउँदा फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।

स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको थियो । संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?