कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मृतक बसेको क्वारेन्टाइनमा बस्न नमानेपछि ३८ जनालाई सारियो

रूपा गहतराज

बाँके — कोरोनाबाट आइतबार एक युवकको मृत्यु भएको नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेका अन्य ३८ जनालाई त्यहाँबाट सारिएको छ । उनीहरूलाई जयकिसान माविको क्वारेन्टाइनमा लगिएको हो ।

मृतक बसेको क्वारेन्टाइनमा बस्न नमानेपछि ३८ जनालाई सारियो

मृतक बसेको क्वारेन्टाइनमा बस्न नमानेपछि आइतबार साँझ सबैलाई सारिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइद खानका अनुसार जयकिसान माविमा यसअघि नै ६० जना छन् । दीपेन्द प्राविबाट आएकाहरूलाई ठाउँ नपुगेकाले टेन्टमा राखिएको छन् । ‘उनीहरू त्यहाँ बस्न नमानेपछि यहीँ टेन्ट बनाएर राखेका छौं,’ उनले भने, ‘थप क्वारेन्टाइनका लागि ठाउँ खोज्दै छौं ।’

नरैनापुरका १२ स्थानमा रहेका क्वारेन्टाइनमा अझै ७ सय ५९ जना छन् । कोरोनाले एक जनाको मृत्यु भएपछि गाउँले त्रस्त छन् । ‘गाउँपालिकाको एक्लो व्यवस्थापनले गाउँले नै क्षति बेहोर्नुपर्‍यो,’ वडाध्यक्ष कृष्णचन्द्र मार्यले भने, ‘हामी काम गर्न नै सकिरहेका छैनौं ।’

नरैनापुर–५ को उक्त क्वारेन्टाइनमा मुम्बईबाट आएका ती युवकसहित ३९ जनालाई राखिएको थियो ।


प्रकाशित : जेष्ठ ५, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?