कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बर्दियाका संक्रमितकाे घर परिवारसहित ५६ जनाको स्वाब संकलन 

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका—११ लालपुरका एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि आइतबार स्वाब संकलन गरिएको छ । 

संक्रमित पुरुषको २२ जना सदस्य एउटै घरमा बस्दै आएका छन् । संक्रमित घरका २२ जनाकै स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । संक्रमितको सम्पर्कमा रहेका लालपुरका थप ३४ जनाको पनि स्वाब संकलन गरिएको छ ।

शनिबारदेखि पूरै गाउँ सिल गरिएको छ । लालपुरलगायत आसपासका गाउँ त्रासमा छन् । स्वाब संकलनको नतिजा बाहिर नआएसम्म गाउँका सबै जनालाई घरभित्र बस्ने र अति आवश्यक परे सुरक्षाकर्मीको अनुमतिमा लिनुपर्ने प्रशासनले जनाएको छ । पूरै गाउँ पूर्णरुपमा लकडाउन भएकोले आउजाउ ठप्प भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । लालपुर गाउँ सुरक्षाकर्मीले घेरेर राखेको छ ।

काठमाडाैंको कालीमाटीमा मासु पसल गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडाैं गएका थिए । काठमाडाैं जाने ट्रक यसअघि पनि बर्दिया आउजाउ गर्ने गरेकाले उनीसँग सम्पर्कमा भएका मानिसको खोजी भइरहेको छ । संक्रमित मानिस पिनाको पनि व्यापार पनि गर्ने गरेको वडा नम्बर ११ का अध्यक्ष राम नारायण केशरीले बताए । कयौंपटक उनी पिना खरिद गर्न स्थानीय राइस मिल गुलरिया गएकोले उच्च जोखिम बढेको उनले सुनाए ।

जिल्ला स्वास्थ्य प्रमुख गिरीले संक्रमित भएका उनको काठमाडाैंमा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमित भएको रिपोर्ट आएका थियो । उनको काठमाडाैंमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?