कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भारतीय सुरक्षाकर्मीले मध्यरातमा सय बढी नेपालीलाई दशगजामा छाड्याे

कमल पन्थी

बर्दिया — बर्दियासँग जोडिएको भारत सिमाना उत्तरप्रदेश राज्य बहराइच जिल्लाको मिहीपुरुवालगायत ठाउँमा क्वारेन्टाइनमा बसेका १ सय २ जना नेपालीेलाई दशगजामा छाडिएको छ । 

भारतीय सुरक्षाकर्मीले तीनवटा बसमा नेपाली नागरिकलाई बिहीबार राति साढे एघार बजेतिर गुलरियासँग जोडिएको दशगजास्थित मुर्तिहाको सिमानामा छाडेका थिए । घना जंगल नजिक सिमापारि नेपाली अलपत्र परेको जानकारी पाउनासाथ सदरमुकाम गुलरियाबाट खटिएका सुरक्षाकर्मीले उद्दार गरेका छन् । ती नेपालीको घरको पहिचान गरी सम्बन्धित पालिकास्थित क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । यहाँ भित्रिएका अधिकांश भारतीय सिमावर्ती सहरका क्वारेन्टाइनमा बसेका थिए । १ सय २ जनामध्ये ९८ जना बर्दियाका हुन् । कञ्चनपुरका २, बैतडी र प्युठानका १/१ जना रहेको प्रहरी निरीक्षक शुशिल थापा मगरले जनाए ।

नेपाल फिर्ता पठाउनुअघि क्वारेन्टाइनमा बसेका नानपराका एसडिएम अशोक कुमार र तहशिलदार जिडी त्रिपाठीले मुचुल्का उठाएका थिए । शुक्रबार बिहान ३ बजे नेपाल प्रहरीले सबैको सनाखत गरी क्वारेन्टाइन पठाएको थियो । भारतको नानपारास्थित क्वारेन्टाइनमा ७ सय ४६ जनालाई सम्भवत राति दशगजामा छाडिने भएको छ । त्यहाँ बसेका अधिकांश बर्दियाका भएको स्रोतले बतायो । जिल्लामा भारतबाट आउनेलाई मध्यनजर राख्दै ४ हजार बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको छ । भारतमा रेल सेवा सूचारु भएपछि नेपालीहरु स्वदेश फर्कने क्रम बढेको छ ।

प्रकाशित : जेष्ठ २, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?