२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

क्‍वारेन्टाइनबाट युवती भागिन्

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका—८ स्थित शिवदुर्गा माध्यमिक विद्यालयको क्‍वारेन्टाइनबाट एक युवती भागेकी छिन् । बिहीबार बिहान उनी क्‍वारेन्टाइनमा शौच गर्ने बहानामा भागेकी हुन् ।

मधुवन नगरपालिकाका मेयर गणेशबहादुर केसीले ६ दिनदेखि क्‍वारेन्टाइनमा थिइन् । करिब २२ वर्षीया ती युवती भागेपछि उनको खोजी भइरहेको प्रहरी उपरीक्षक केदार रजौरेले बताए ।

बुधबार गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रयागपुरको क्‍वारेन्टाइनबाट ८ भारतीय क्‍वारेन्टाइनबाट भागेका थिए । शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भारत बहराईच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?