कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संक्रमित भेटिएको वडा सिल

नवीन पौडेल

परासी — जिल्ला प्रशासन कार्यालय पश्चिम नवलरासीले कोरोना संक्रमित भेटिएको वडा सिल गरेको छ । बुधबार प्रतापपुर गाउँपालिका ५ बैदौलीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको हो । स्थानीय तहसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति बैठक बसेर संक्रमित फेला परेको वडालाई शिलबन्दी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।

संक्रमित भेटिएको वडा सिल

साथै जिल्लाभरी लकडाउनमा थप कडाई गरिएको छ । संक्रमित फेला परेको वडाका स्थानीयलाई आवातजावतमा रोक लगाइएको छ ।

भारतबाट जिल्ला भित्रिने नेपालीहरुको संख्या बढ्दै गएपछि सुरक्षा समिति बैठकले लकडाउनमा कडाई गरेको हो । बैठकले बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुका साथै सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्ने निर्णय गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरु २ बजेसम्म खुल्ला थिए भने ठूला आयोजना र स्थानीय तहका आयोजनाहरु सञ्चालनमा थिए । अत्यावश्यकबाहेकका सवारी साधान सञ्चालनमा पूर्ण रोक लगाइएको छ । खाद्‍यान्नको सवारीलाई समेत रोक लगाइएको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?