कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१० जना संक्रमित भेटिएपछि जेठ ५ गतेसम्म गैडहवा गाउँपालिका सिल गरिने

सन्जु पौडेल

तिलोत्तमा, रुपन्‍देही — रुपन्देहीको गैडहवा गाउँपालिकामा बुधबार १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि गाउँपालिकालाई शुक्रबारदेखि सिल गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटको अध्यक्षतामा बिहीबार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले जेठ २ गते बिहान ६ बजेदेखि जेठ ५ गतेसम्म आवतजावत पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको हो ।

१० जना संक्रमित भेटिएपछि जेठ ५ गतेसम्म गैडहवा गाउँपालिका सिल गरिने

बैठकले औषधि पसल बाहेक सम्पूर्ण व्यापार व्यवसाय समेत पूर्ण रुपमा बन्द गरी गाउँपालिकाभित्र बिनाअनुमति आवतजावतमा रोक लगाई सिल गर्ने गर्ने निर्णय गरेको अध्यक्ष केवटले बताए । यदि कोही बिनाअनुमति अनधिकृत रुपमा गाउँपालिकाभित्र आवतजावत गरेको पाइएमा सुरक्षाकर्मीको सहयोगमा आवश्यक कारबाही गर्ने गराउने निर्णय समेत बैठकले गरेको उनले बताए ।

गाउँपालिकाभित्र पूर्ण रुपमा आवतजावतलाई निषेध गर्नका लागि आवश्यक थप सुरक्षाकर्मीसहित जनशक्ति पठाउन जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिलाई सिफारिस गरी पठाउने अध्यक्ष केवटले बताए ।

त्यस्तै गाउँपालिकाभित्रका वडामा स्थायी ठेगाना भई विदेशमा रहेका व्यक्तिको विवरण संकलन गरी जेठ ३ गते भित्र गाउँपालिकामा बुझाउन भनिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । यो बेला कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतमा कोरोना संक्रमणको आशंका भएकोले उनीहरुको समेत पीसीआर परीक्षण गर्न जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई आग्रह गर्ने र स्वाब संकलनका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा अनुरोध गर्ने बैठकले निर्णय गरेको घिमिरेले जानकारी दिए ।

बुधबार सार्वजनिक रुपन्देहीका १२ कोरोना संक्रमितमध्ये १० गैडहवा गाउँपालिकाका रहेका छन् । उनीहरु वडा नम्बर २, जोगडाका हुन् ।

प्रकाशित : जेष्ठ १, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?