२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सीमाबाट लुकिछिपी प्रवेश गर्दा नियन्त्रणमा परेका थिए पश्चिम नवलपरासीका संक्रमित 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा बुधबार कोरोना संक्रमण पुष्टि भएका ३६ वर्षिय पुरुष भारतबाट लुकिछिपी नेपाल छिरेको खुलेको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बेदौलीमा भारतबाट तीन दिनअघि आएका उनलाई सुरक्षाकर्मीले बन्द गरिएको सीमाबाट लुकिछिपी छिर्दा पक्राउ गरेका थिए ।  

सीमाबाट लुकिछिपी प्रवेश गर्दा नियन्त्रणमा परेका थिए पश्चिम नवलपरासीका संक्रमित 

उनलाई थप उपचारका लागिपरासी स्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । प्रतापपुर गाउंपालिकाका अध्यक्ष राजकुमार शर्माले भारतबाट आएका युवामा संक्रमण देखीएकाले गाउंपालिकालाई सिल गरेर परीक्षणको दायरा बढाउन सम्बन्धित निकायलाई आग्रह गर्ने बताए ।

भारतले लकडाउन खुकुलो बनाएपछि नेपालीहरु धमाधम घर फर्किइरहेका छन् । भारतमा अलपत्र परेका मजदुरका लागि रेल र बस सेवा संचालन भएपछि नेपालीहरु नेपाल–भारत सीमासम्म निर्वाधरुपमा आइरहेका छन् । तर, नेपालले सिमानाकाबाट प्रवेश गर्न नदिएपछि उनीहरु दशगजामा सुरक्षाकर्मीको आँखां छलेर प्रवेश गर्न थालेका छन् ।

संक्रमण पुष्टि भएसँगै जिल्ला सुरक्षा समितिको बैठक बसेर थप कडाई गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । पश्चिम नवलरासीमा १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७७ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?