कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खस्यो, ६ जना घाइते, शिशु सुरक्षित 

मधु शाही, रुपा गहतराज

बाँके — चार दिनको सुत्केरी र  शिशु बोकेको एम्बुलेन्स खोलामा खसेको छ । बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालबाट राप्ती सोनारी गाउँपालिका जानेक्रममा बुधबार कोहलपुरको रोहिणी खोलाको पुलमा ठोक्किएर भे ६ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खस्यो, ६ जना घाइते, शिशु सुरक्षित 

दुर्घटनामा सुत्केरी प्रमिला परियार, एम्बुलेन्स चालक गोपाल बुढासहित मिनराज खड्का, विनोद परियार, सिता दमाईसहित ६ जना घाइते भएका छन् । शिशु सुरक्षित छन् ।

घाइतेमध्ये सीता दमाईको खुट्टा र टाउकोमा चोट लागेको छ । अरु सामान्य घाइते भएका ट्राफिक प्रहरी कार्यालय बाँके प्रमुख पविन्द्रबहादुर रोकाले बताए ।

एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घाइते सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?