१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कपिलवस्तुका १५ जना संक्रमित नै भारतबाट फर्किएका

९९ जनाको स्बाव परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि
मनोज पौडेल

कपिलवस्तु — सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जनामध्ये ८ जना एउटै वडाका रहेको खुलेको छ । सोमबार संक्रमण पुष्टि भएका ८ जना यशोधरा गाउँपालिका वडा नम्बर ५ का रहेका छन् । २० देखि ३४ वर्ष उमेर समूहका उनीहरु अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए ।

कपिलवस्तुका १५ जना संक्रमित नै भारतबाट फर्किएका

त्यस्तै बुद्धभूमि नगरपालिकाका २ जना युवकमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । बुद्धभूमि नगरपालिका–७, मानपुरका ३४ वर्षीय युवक र वडा नम्बर १०, धनकौलीका १९ वर्षीय किशोरमा पनि कोरोना भाइरसको संक्रमण देखिको हो । उनीहरु गोरुसिंगेस्थित गौतम बुद्ध माविको क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित दशै जना भारतका विभिन्न ठाउँबाट घर फर्केका हुन् । उनीहरु रोजगारीका लागि भारत गएका थिए । यसअघि भारतबाटै फर्किएका मायादेवी गाउँपालिकाका ४ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार संकलन गरिएकामध्ये ९९ जनाको स्वाब परीक्षण गर्दा १० जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । अझै १ सय ९१ जनाको रिपोर्ट आउन बाँकी छ ।

कपिलवस्तुमा एकैदिन १० जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या १२० पुग्‍यो

जिल्लाको यशोधरा गाउँपालिका र कपिलवस्तु तथा बुद्धभूमि नगरपालिकाका क्वारेन्टाइनमा बसेका २ सय ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री लिएर सतर्कता अपनाउन थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ ।

प्रकाशित : वैशाख २९, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?