१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दशगजा आइपुगेका १६ नेपाली भारततिरै फिर्ता

नारायण शर्मा

नवलपरासी — भारतबाट हिँडेर शुक्रबार दशगजा आइपुगेका १६ नेपाली मजदुरलाई सशस्त्र प्रहरीले समातेर उतै फर्काइदिएको छ । सशस्त्रले उनीहरूलाई सीमापारि झुलनीपुरमा भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ ।

दशगजा आइपुगेका १६ नेपाली भारततिरै फिर्ता

सशस्त्रका डीएसपी क्षितिज क्षेत्रीका अनुसार मुम्बई र गुजरातमा मजदुरी गरेर फर्किएका ती नेपाली झुलनीपुरआसपासबाट नेपाल छिर्न खोज्दै थिए । सबैलाई भारतको निच्लौलस्थित क्वारेन्टाइनमा राखिने भएको छ ।

भारतसँग सीमा जोडिएको नवलपरासीका ४० स्थानमा सशस्त्रले दशगजानजिक अस्थायी सुरक्षापोस्ट राखेको छ । प्रहरीहरू त्यहाँ त्रिपाल टाँगेर बसेका छन् । ती पोस्टमा शौचालय र पानीको व्यवस्थासमेत छैन ।

प्रकाशित : वैशाख २७, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?