जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — जंगली च्याउ खाएर बिरामी भइ उपचाररत बालिकाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–६ खिल्जीकी ७ वर्षीया बालिका विपा महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साताअघि जंगलबाट च्याउ ल्याएर एकै परिवारका चार जनाले खाएका थिए ।

चार दिनअघि उपचारकै क्रममा ३० वर्षीया उनकी आमा रामकलाको मृत्यु भएको थियो। सँगै च्याउ खाएर बिरामी परेका रामकलाकी सासुआमा ५९ वर्षीय लालसरी र २८ वर्षीया देउरानी लक्ष्मी महतराको बुटवलमा उपचार भइरहेको छ ।

जंगलबाट ल्याएको च्याउ खाएपछि पखाला लाग्‍ने,उल्टी आउने भएपछि चारै जना बिरामी परेका थिए । त्यसपछि सन्धिखर्क अस्पतालमा आफन्तले ल्याएका थिए । थप उपचारका लागि अस्पतालले बुटवल रिफर गर्‍यो ।

उपचारकै क्रममा आमाछोरीको निधन भएको भएको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । अन्य दुई जनाको उपचार भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख २३, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?