कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने बानिया धरौटीमा छुटे

नारायण शर्मा

नवलपरासी — रामग्राम नगरपालिकामा विपन्नलाई वितरण गरिएको गुणस्तरहीन चामल सप्लाई गर्ने राजेश मिलका सञ्चालक पटवारी बानिया धरौटीमा रिहा भएका छन् । बानिया उच्च अदालत बुटवलमा ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

अनुमति नलिइकन मिल सञ्चालन गरेको अभियोग लागेका बानियाले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा पनि १० हजार धरौटी बुझाएका छन् ।

रामग्राम नगरपालिकाका २३ सय घर परिवारलाई वितरण गरिएको २ सय ५० क्वीन्टल चामलमा सरकारी मापदण्ड विपरितको गणस्तरहीन चामल फेला परेको थियो । उनले चामल सप्लाई गर्दा सरकारी मापदण्ड विपरितको भएको भन्दै भैरहवामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छानबिन गरेको थियो । छानबिनकाक्रममा त्यहाँ उनले सप्लाई गरेको चामल गुणस्तरहीन भएको समाचार आएपछि कार्यालयले छानबिन थालेको हो ।

अघिल्लो साता कार्यालयले पटवारीविरुद्ध जिल्ला अदालतमा नवलपरासीमा हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेको थियो । कार्यालयले चामल खरिद प्रक्रियामा सामेल रामग्राम नगरपालिकाका कर्मचारीलाई भने उन्मुक्ति दिएको छ । पटावारी बानियाले १० लाखमा २ सय ५० क्विन्टल चालम वितरण गरेका थिए । उनले नगरपालिकाका मेयर र कर्मचारीले हेरेर सदर गरेको चामल आफूले सप्लाई गरेको भनेका छन् ।

जिल्ला अदालत पूर्वी नवलपरासीको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने अनुमति दिएपछि उनलाई कारागार चलान गरिएको थियो । उनी जिल्ला अदालतविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्च अदालतमा धरौटी बुझाएर उनी रिहा भएको अदालत श्रोतले जानकारी दियो । उनी सोमबार छुटेका हुन् ।

पश्चिम नवलपरासी सदरमुकामा रामग्राम नगरपालिकामा कोभिड–१९ बाट प्रभावित परिवारलाई गुणस्तरहीन चामल वितरण गरेपछि अनुसन्धान थालेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बुटवल र नापतौल कार्यालय बुटवलले छानबिन थालेको एक महिना भइसक्दापनि मुद्दा दायर गरेको छैन ।

प्रकाशित : वैशाख २३, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?