किट अभावले बर्दियामा कोरोना परीक्षण रोकियो

कमल पन्थी

बर्दिया — किट अभावले बर्दियामा कोभिड १९ को परीक्षण रोकिएको छ । १४ दिन क्‍वारेन्टाइन बसेका २ हजार ४ सय २७ जनाको किटको अभावमा स्वास्थ्य परीक्षण हुन नसकेको हो । र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी)को किट अभावमा परीक्षण हुन नसकेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनले सम्बन्धित निकायमा माग गर्दा अहिलेसम्म उपलब्ध नभएको बताए । 

किट अभावले बर्दियामा कोरोना परीक्षण रोकियो

'परीक्षण नगरी क्‍वारेन्टाइनबाट छाड्दा उच्च जोखिम छ,’स्वास्थ्यका एक अधिकारीले भने,‘१४ दिनभित्र परीक्षण नगराई धेरै दिन राख्दा क्‍वारेन्टाइनमा विद्रोह हुन सक्छ ।' भारतबाट आएका २५ जनाको रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई फिर्ता लैजान भारतीय अधिकारीले मानेका छैनन् ।

यसैबीच, हालै जिल्लामा २५ भारतीय नागरिकसहित १ सय ६० जनाको स्वाब परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार ५ भारतीय र २ नेपालीको स्वाब परीक्षणको रिपोर्ट आउन बॉकी छ भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : वैशाख २२, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?