हिरासतबाट भागेका थुनुवा राति नै पक्राउ

कमल पन्थी

बर्दिया — इलाका प्रहरी कार्यालय बनियाभारको हिरासतबाट आइतबार साँझ थुनुवा भागेका छन् । उनलाई प्रहरीले राति नै फेरि नियन्त्रणमा लिएको छ ।

हिरासतबाट भागेका थुनुवा राति नै पक्राउ

बलात्कार आरोपमा पक्राउ गरिएका प्रकाश थारू ८ बजेतिर फलामे ढोकाको छड बंग्याएर भागेको प्रहरी निरीक्षक हिक्मत भण्डारीले बताए ।

थुनुवा फरार भएको जानकारीपछि जिल्लाबाट खटिएको टोलीले थारूलाई राति नै पक्राउ गरेको हो । भागेर घर पुगेका उनलाई त्यहीँ पक्राउ गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

छड बंग्याएर थुनुवा फरार हुॅदा डिउटीमा तैनाथ प्रहरीले थाहा नपाउनु गम्भीर लापरबाही भएको स्थानीयले बताएका छन् ।

प्रकाशित : वैशाख २२, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?