जंगली च्याउ खाँदा अर्घाखाँचीमा एक जनाको मृत्यु, ३ जना गम्भीर

वीरेन्द्र केसी

अर्घाखाँची — जंगली च्याउ खाएपछि बिरामी भएका एकै परिवारका चार जनामध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ । भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३० वर्षीया रामकला महत्राको उपचार गर्दागर्दै लुम्बिनी सिटी अस्पताल बुटवलमा शनिबार राति निधन भएको हो ।

गम्भीर बिरामी उनकी ७ वर्षीया छोरी बिपा महत्रा, सासुआमा ५९ वर्षीया लालसरी महत्रा र २८ वर्षीया देउरानी लक्ष्मी महत्राको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको अर्घाखाँची प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि उनीहरुलाई शनिबार सन्धिखर्क अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल रिफर भएका थिए । रामकलाका ससुरा डोमबहादुरले च्याउ नखाएको पाइएको छ । ‘जंगलको च्याउ नखान भन्दा परिवारले नमानी खाएपछि बिरामी परेको’ डोमबहादुरको भनाइ उदृत गर्दै प्रहरी निरीक्षक खत्रीले बताए ।

प्रकाशित : वैशाख २१, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?