कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश ५ प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य 

अमृता अनमोल

बुटवल — प्रदेश ५ प्रदेशसभाको पाँचौ अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।

प्रदेश ५ प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य 

प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा सचिवालयले विज्ञप्ति प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि जारी पाँचौं अधिवेशन अन्त्य भएको जनाएको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको बताए ।

प्रदेशसभाको अन्तिम बैठक गत चैत ५ गते बसेको थियो । त्यस बैठकमा चैत १५ गते अर्को बैठक बस्ने सूचना जारी गरिए पनि कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन भएपछि सूचना जारी गर्दै बैठक स्थगित भएको थियो ।

प्रकाशित : वैशाख ११, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?