पत्रकार महासंघ प्यूठानकी उपाध्यक्ष भट्टको निधन

गिरुप्रसाद भण्डारी

प्यूठान — नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका उपाध्यक्ष बसन्ता भट्टको ४४ वर्षको उमेरमा निधन भएको छ । विगत ६ महिनादेखि स्वास्थ्य समस्याले पीडित उपाध्यक्ष भट्टको बिहीबार बिहान १० बजे घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार महासंघ प्यूठानकी उपाध्यक्ष भट्टको निधन

उनी सामुदायिक रेडियो महिला आवाजको अध्यक्ष एवं स्टेशनम्यानेजर समेत थिइन् । बसन्ता पत्रकार महासंघ प्यूठान शाखाका संस्थापक उपाध्यक्ष एवं कानुन व्यवसायी मेघराज भट्टको धर्मपत्नी हुन् ।

प्रकाशित : वैशाख ११, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?