कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बर्दिया निकुञ्‍जमा २२ रुख काटियो,एक पक्राउ

कमल पन्थी

बर्दिया — लकडाउनको मौका छोपी तस्करले बर्दिया राष्ट्रिय निकुञ्‍जमा २२ वटा रुख काटेका छन् । निकुञ्‍जको ढकेला मध्यवर्ती सामुदायिक वन र कतरनिया मध्यवर्ती सामुदायिक वनमा विभिन्न जातका ठूला ठूला रुख काटिएको छ ।

रुख ढालेरे ओसारपसार गरेको जानकारी पाउना साथ निकुञ्‍जको टोलीले भे १ स ७८९३ नम्बरको टेम्पो र बारबर्दिया नगरपालिका—९ ढकेलाका कालुराम थारुलाई नियन्‍त्रणमा लिएको छ ।

उनीसँग आएका पाँच जना फरार रहेको निकुञ्‍जका रेन्जर हर्ष बहादुर सिंहले बताए । रुख ढालेर गोलिया बनाई टेम्पोमा लोड गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

लोड गर्ने क्रममा सुरक्षाकर्मी देख्‍नासाथ उनीहरु फरार भएको रेञ्‍जर सिंहले बताए । उनीहरुको खोजी भइरहेको छ ।

केही दिन अघि यसै सामुदायिक वनमा एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको थियो । लक डाउन सुरु भएयता वन्यजन्तु,काठ तस्करी र नदीजन्य पदार्थ ओसार पसार गर्ने ५५ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित : वैशाख ८, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?