२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

वडाध्यक्षसँग कुरा नमिल्दा सदस्यले दिए पदबाट राजीनामा 

प्यूठान — स्वर्गद्वारी नगरपालिका वडानम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आˆनो पदबाट राजीनामा दिएका छन् । उनी राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित भएका थिए ।

वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विकास निर्माण लगायतका काम गर्दा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गरेकाले आफ्‍नो अस्तित्व र भूमिका नरहेको भन्दै राजीनामा दिएको बताएका छन् ।

वडा अध्यक्ष टेकबहादुर भट्टराईले वडा सदस्य घर्तीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन । वैशाख ५ गते घर्तीले दिएको राजीनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गरीएको थियो ।

८ गतेसम्म पनि निकास ननिस्केपछि घर्तीले राजीनामा दिएको पत्र सार्वजनिक भएको हो । वडासदस्य घर्तीले वडामा राजनीनामा दिएको जानकारी पाएको मेयर नेत्रबहादुर रोकायाले बताए ।

राजीनामा पत्र पालिकामा आएपछि स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुने रोकायाले बताए ।

प्रकाशित : वैशाख ८, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?