कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

करेन्ट लगाएर माछा मार्दा मृत्यु

दुर्गालाल केसी

दाङ — माछा मार्ने क्रममा करेण्ट लागेर बिहीबार दिउँसो बिजौरीमा एकजनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३७ वर्षीय बलबहादुर थापाको स्थानीय मानपुरे कुलोमा माछा मार्ने क्रममा विद्यूतको तार सर्ट भएर करेण्ट लागेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


करेन्ट लागेर घाइते भएका थापाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


यस्तै, तुलसीपुरमा बिहिबार एक महिला मृत फेला परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका ४ हात्तीलोटेकी ४७ वर्षीया देविसरा पुन आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?