कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लकडाउनमा ५५ रूख ढालिए 

दुर्गालाल केसी

दाङ — लकडाउनको मौका छोपी दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ५५ वटा रूख काटिएको पाइएको छ । डिभिजन वन कार्यालय घोराहीले १ हजार क्युफिट सिसौका काठसहित बुधबार दुई जनालाई पक्राउसमेत गरेको छ । 

सहायक वन अधिकृत खिमबहादुर केसी नेतृत्वको गस्ती टोलीले अवैध रूपमा रूख काटिएको भेटाएपछि काठसहित शंकास्पद दुई जनालाई पक्राउ गरेको हो ।


उनीहरूबारे थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले बताए । वन फँडानी र अवैध निकासी रोक्न गस्ती बढाइएको उनले जानकारी दिए ।


प्रकाशित : चैत्र २७, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?