२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कैदीबन्दीको मृत्यु

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार परासीमा सजाय भुक्तान गरिरहेका रुपन्देहीको रानिबगियाका  ३५ वर्षीय शिवराज परियारको मृत्यु भएको हो । 

जन्डिसको बिरामी रहेका उनको उपचारका क्रममा बुधबार(आज) बिहान पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।


मानव बेचबिखन मुद्दामा दोषी पाइएपछि १० वर्षको जेल सजाय सुनाइएका उनलाई २०७२ साल भदौ १० परासीस्थित कारागारमा ल्याइएको थियो । उनी विगत १०/१२ दिनदेखि बिरामी रहेको जेलर जगत बस्नेतले बताए ।


‘बिरामी परियारले औषधि सेवन गरिरहेका थिए । स्वास्थ्यमा पनि सुधार आएको थियो,’बस्नेतले भने,‘एक्कासी बुधबार बिहान अवस्था गम्भीर भएपछि उपचारको क्रममा मृत्यु भयो । ’


मृत्यु के कति कारणले भएको हो भन्ने बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै एकिन हुने कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?