बढी भाडा लिने एम्बुलेन्स समातियो

दुर्गालाल केसी

दाङ — प्रचलित दरभन्दा बढी भाडा लिएको भन्दै प्रहरीले मंगलबार एक एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।

बढी भाडा लिने एम्बुलेन्स समातियो

लमहीबाट तुलसीपुर लैजाने क्रममा बिरामीबाट बढी भाडा लिएको सूचनापछि मेडिकल सञ्चालक कृष्ण आचार्य र चालक कमलप्रसाद भुसालसहित एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स कृपा पोलिक्लिनिक एण्ड मेडिकल हल लमहीले सञ्चालन गरेको हो ।


उनीहरुमाथि कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी सुमित खड्काले बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?