प्रदेश ५ मा कोरोनासम्बन्धी सूचनाका लागि मोबाइल एप

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ सरकारले कोरोनासम्बन्धी सूचना संकलन र सम्प्रेषण गर्न मोबाइल एप निर्माण गरेको छ । प्रदेश सरकारले सूचना संकलन र सम्प्रेषण गर्ने गरी कोभिड–१९ ट्रयाकिङ तथा सूचना प्रणाली नामक एप निर्माण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रदेश ५ मा कोरोनासम्बन्धी सूचनाका लागि मोबाइल एप

केसीले सोमवार विज्ञप्ति जारी गर्दै सरकारले कोरानासम्वन्धी सम्पूर्ण सूचना एकीकृत गर्ने गरी मोबाइल एप निर्माण जानकारी दिएका छन् । एपमार्फत आफ्नो, परिवार र छरछिमेकका कोरोना भाइरससॅग सम्वन्धित विवरण पठाउन समेत अनुरोध गरिएको केसीले बताए ।


एपलाई मोबाइलमा डाउनलोड गरी साइन अप गरेपछि कोरोनासम्वन्धी आफ्नो र अरुको समेत विवरण पठाउन सकिनेछ । विदेशबाट फर्किएका व्यक्ति क्वारेनटाइनमा बसे/नबसेको विवरणसमेत एपमार्फत पठाउन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ । एप गुगल प्ले स्टोर र मुख्यमन्त्री कार्यालयको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

प्रकाशित : चैत्र २४, २०७६ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?