१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उच्च रक्तस्रावले गर्भवतीको मृत्यु

अर्घाखाँची — उच्च रक्तस्राव भएपछि अस्पताल ल्याउँदै गरेकी एक गर्भवतीको बाटोमै मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–९, अर्घा पाथ्राबाङकी २९ वर्षीया देवी विकको सन्धिखर्क अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु जीवबहादुर विकले बताए । उनका अनुसार घरको काम गर्दागर्दै रक्तस्राव भएपछि उनलाई निजी गाडीमा सन्धिखर्क अस्पताल ल्याइँदै थियो । 

तीन छोरीकी आमा देवीको गर्भमा आठ महिनाको शिशु थियो । उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २४, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?