१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

नयाँ मान्छेलाई गाउँ प्रवेशमा रोक 

गिरुप्रसाद भण्डारी

प्यूठान — स्थानीयले जिल्लाका गाउँ–गाउँमा नयाँ मान्छे प्रवेशमा रोक लगाएका छन् । स्थानीयले स्वत:स्फूर्त गाउँ प्रवेश गर्ने नाकाहरुमा बसेर नयाँ मान्छेलाइ सोधपुछ गर्न थालेका हुन् ।

नयाँ मान्छेलाई गाउँ प्रवेशमा रोक 

सडकमा अनावश्यक नयाँ मान्छे हिड्न थालेपछि रोक्न भन्दै युवा सडकमै कुरेर बस्न थालेका छन् ।


बाल क्लव, युवाहरु र जनप्रतिनिधिले आब्हान गरेको नाका बन्दलाई स्थानीयले साथ दिएको झिमरुक गाउँपालिका ८ का अध्यक्ष तुलस बस्नेतले बताए । ‘लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न आब्हान गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘युवाहरुले स्वमसेवकका रुपमा नाकाको निगरानी बढाएका छन् ।’ जिल्लाका भित्री गाउँहरुमा पुग्ने नाकाहरुमा स्थानीय युवाहरुले पहरा दिएर बसेका छन् ।


जिल्ला भित्रने मुख्य नाकाहरुमा प्रहरी परिचालन भएको छ । नयाँ मान्छे गाउँमा आए सम्झाएर अनिवार्य स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसाल्ने योजना सहित झिमरुक ८ का युवाहरु जुटेको वडाध्यक्ष बस्नेतले बताए ।


यस्तै मल्लरानी गाउँपालिका ४ खलंगामा पनि आवतजावत बढेपछि स्थानीय युवाले सडकमा तगारो लगाएको स्थानीय निराजन श्रेष्ठले बताए । अत्याआवश्यक अवस्थामा बाहेक मान्छेहरुलाई ओहोरदोहोर गर्न रोकेको श्रेष्ठले जानकारी दिए ।


कोरोना भाईरस(कोभिड १९)का संक्रमितहरु बढ्न थालेपछि एक गाउँबाट अर्काे गाउँ जान–आउन समेत अवरोध गर्ने क्रम बढेको हो । प्रहरीले सडकमा फाट्फुट निस्कने स्थानीय र मोटरसाइकलहरुको चेक जॉचलाई समेत कडाई गर्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

प्रकाशित : चैत्र २४, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?