बुटवलका सडकमा कीटाणुनाशक रसायन छर्किइँदै

सन्जु पौडेल

तिलोत्तमा — कोरोना भाइरसविरुद्धको अभियानअन्तर्गत बुटवलमा आइतबार क्लोरिन तथा ब्लिचिङ पाउडरसहितको किटाणु नाशक औषधि छर्किइएकाे छ। सहरका मुख्य सडकलाई डिसइन्फेक्सन गराउने काम स्वरुप स्प्रे गर्न थालिएको नगरप्रमुख शिवराज सुवेदीले बताए।

'उपमहानगरपालिकाले नगरभित्रका बाइपास सडकमा क्लोरिन झोल ब्लिचिङ पाउडर मिश्रित रुपमा छर्ने काम सुरु गरेको हो,' उनले भने, 'नगरवासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपिल जारी गर्नुका साथै नगरभित्र रहेका ३० फुटे सबै सडकमा डिसइन्फेक्सन गराउनेछौं।'

ब्लिचिङ पाउडर क्लोरिन झोलयुक्त विषादीले मानव स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञले सिफारिस गरिसकेका छन्। तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरिसकिने राहत वितरणसँगै सार्वजनिक अपिल पनि गरिने प्रमुख सुवेदीले जनाए

उपमहानगरले दमकल प्रयोग गरेर एकपटकमा ४५ सय लिटर औषधि छर्किरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको भनाइ छ।

प्रकाशित : चैत्र २४, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?