कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पाल टाँगेर सीमामा चौबीसै घन्टा निगरानी 

नवीन पौडेल

परासी — पश्चिम नवलरासीसँग सीमा जोडिएको भारत महाराजगन्ज जिल्लामा कोरोना भाइरसको संक्रमण भेटिएपछि नाकामा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

पाल टाँगेर सीमामा चौबीसै घन्टा निगरानी 

जिल्लाको महेशपुर मूल भन्सार र झुलनीपुर नाकामा सशस्त्र र नेपाल प्रहरीको निगरानी बढाइएको छ ।

लुकिछिपी भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आएपछि दशगजा क्षेत्रमा सशस्त्र प्रहरी थपिएको छ । नारायणी नदी तरेर व्यक्तिहरु ओहोरदोहोर गरेको जनगुनासो आएपछि सशस्त्र प्रहरीले अस्थायी पोस्ट खडा गरी चौबीसै घन्टा निगरानी थालेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल २६ नम्बर गणका एसपी भरत खनियाँले बताए । करिब २८ किलोमिटर सीमा नाकामा जम्मा ४ वटा मात्र सशस्त्रको सीमा सुरक्षा बल छ । थप निगरानीका लागि सय जना थप जनशक्तिले सीमा क्षेत्रमा पाल टागेर पहरा दिइरहेका छन् ।


‘दुवै देशको नाका बन्द छ । नाकामा कडा निगरानीका बीच पनि खेत र नदीबाट मानिस तरेर वारपार गरेको भन्ने सूचना आयो,’ उनले भने, ‘नाकामा थप निगरानी गर्न सय जना जनशक्ति थप गरेका छाैं । रातदिन दशगजा वरपर पालं टागेर ड्युटी गरिएको छ । ’


मुख्य नाका बन्द भए पनि अन्य मार्गबाट मानिसहरु लुकिछिपी सीमा वारपार गर्ने भएकाले सीमावर्ती क्षेत्रका बासिन्दा डराएका थिए । उनीहरुले तत्काल चोरी नाका र दशगजामा बाक्लो सुरक्षा गस्ीत बढाउन माग गरेका थिए । ‘रातको समयमा लुकिछिपी तरकारी र खाद्यान्नसहितका अन्य सामान भारतबाट नेपाल भित्रिरहेको छ,’ पाल्हिनन्दन १ का शिवनारायण चौधरीले भने, ‘कोही ससुराली आउँछन् । कोही सामान लिएर रातारात साईकल र मोटरसाइकलमा भित्रिएका छन् । पूर्ण रुपमा सिमाना लक गर्नुपर्छ ।’


लकडाउनको समयमा पनि भीडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले थप कडाइ गरेको हो । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समय तोकेको छ ।

प्रकाशित : चैत्र २४, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?